सुनचाँदीको मुल्य बढ्यो
- hamro_kantipur
- २०७७ चैत्र २५

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
शीर्ष समाचार
- इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
- कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किदा २४ भन्दा बढी घाइते
- पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
- दुई दिनभित्र नेपाल-खनालसहित २७ सांसदलाई स्पष्टीकरण पत्र बुझाउन निर्देशन
- पर्सामा भारतबाट फर्किएका एक कोरोना संक्रमित पुरुषको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्