
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुनको मुल्य २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।







