April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

अब अनलाइनबाटै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

  • 25
    Shares

काठमाडौं, नेपाल राष्ट्र बैंकले अब अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिएको हो ।

अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको छ । जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ ।

नेपाली बैंकमार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अधिकार दिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको