
काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार २८० रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।







