
काठमाडौं, साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
यसदिन छापावाल सुनको मुल्य प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।







