
काठमाडौं, सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आइपिओ बिक्रि खुला भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।
जसमा सर्वसाधारणले भने २६ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउँनेछन् । ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
आइपिओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि तोकिएको समयमा आइपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला रहनेछ ।
यस्तै, सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।







