काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







