
काठमाडौं, सुनको मूल्य आज पनि अघिल्लो दिनकै मूल्यमा यथावत् देखिएको छ । मंगलबार छापावाल सुन ८६ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजाबी सुन ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला मूल्य १२ सय ८० पुगेको छ।







