
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमवार सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







