August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

६०० रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 

महासंघका अनुसार बुधबार चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार २७० रुपैयाँमा कारोबार भएको  जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको