
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
आइतबार तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १ हजार ३३० पुगेको महासंघले जनाएको छ ।







