
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ११०० रुपैयाँले वृद्धि भएको हो ।
सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३६० रुपैयाँमा कारोबार भैरहेको छ ।







