July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं, साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा ८०० रुपैंयाले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।

आज चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १ हजार ३३० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १ जहार ३५ रुपैंयामा कारोबार भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको