February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

आज पनि १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

बिहीबार प्रति तोलामा ८९ हजार २ सय रुपौयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजार रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला ८८ हजार २ सय र तोजावी सुनको मुल्य प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मुल्य भने प्रतितोला १ हजार ३०५ रुपैयाँ निर्धारण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको