August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

सरकारद्वारा कोरोना खोपका लागि स्वास्थ मन्त्रालयलाई थप ५० करोड उपलब्ध

काठमाडौं, कोरोनाविरुद्धको खोप खरिदका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको छ । 

अर्थ मन्त्रालयले आज कोरोना भाइरस रोकथामका लागि सरकारद्धारा छुट्याइएको कोषबाट स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको हो ।

यसअघि भ्याक्सिनकै लागि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रु.५० करोड रुपैयाँ उपलब्ध गराएको थियो । पहिलो चरणमा ५० करोड रुपैयाँ उपलब्ध गराएको मन्त्रालयले दोस्रो चरणमा पनि थप ५० करोड नै उपलब्ध गराएको हो । 

शीर्ष समाचार

धेरै पढिएको