
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मुल्यमा ५ रुपैयाँले वृद्धि भई १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।







