
काठमाडौं, आज साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजर ३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







