
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँँले घटेको हो ।
बिहिवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो भने आज प्रतितोला छापावाला सुन ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ ।
बिहीवार प्रतितोला चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज चाँदीको मुल्री प्रतितोला १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।







