
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
तेजावी सुन पनि मंगलबारकै मूल्य वा तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलवार १ हजार ३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।







