अर्थ मन्त्रालयद्वारा आयोगलाई चुनावका लागि ७ अर्ब प्रदान

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले आगामी बैशाखमा हुने चुनावका लागि निर्वाचन आयोगले माग गरेको ७ अर्बको बजेट प्रदान गरेका छन् । गत हप्ता निर्वाचन आयोगले माग गरेको बजेट दिने निर्णय भएकाे मन्त्री पाैडेलले आज जानकारी दिएका हुन् ।
उनले मंगलबार मन्त्रालयले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा निर्वाचनको लागि आवशयक ७ अर्ब बजेट प्रदान गर्ने निर्णय भएको बताएका छन् ।
उनले भने, ‘आयोगले माग गरेको बजेट उपलब्ध गराउने निर्णय भइसकेको छ। निर्वाचन खर्चको मितव्ययिता अपनाएर गरिनेछ। सकेसम्म कम खर्च गर्ने गरी सरकार अघि बढ्नेछ। त्यसकारण निर्वाचको खर्च कममा गर्ने उद्देश्य रहेको छ।’
प्रतिकृया दिनुहोस्