
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै मंगलबार चाँदी तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्य प्रतितोला २५ रुपैयाँले बढेको हो ।







