February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

६०० रुपैयाँले बढ्यो सुनको मुल्य 

  • 5
    Shares

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै आज तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । 

आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी २० रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको