
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार रु ६०० घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १ हजार ३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







