
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिवार सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको हो ।
बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







