
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको हो ।







