
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज तोलामा ९२ हजार ४०० सय रुपैँयामा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैँया कायम भएको छ । यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ६० रूपैयाँ कायम भएको छ ।







