
काठमाडौं, साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
बिहिवार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार २६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।







