May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

शुक्रबार चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँड हुने

  • 15
    Shares

काठमाडौं, चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइले चन्द्रागिरिको आईपीओ शुक्रबार बाँडफाँड हुने जनाएको छ ।

१२ लाख ५६ हजार ७४६ जनाले आईपीओका लागि दिएकोमा ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएका छन् ।

माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६ सय जनाले मात्रै कम्तीमा १० कित्ताका दरले सेयर पाउने छन् । बाँकी १० लाख ७१ हजार ५ सय १५ जनाले भने पाउने छैनन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो।

शीर्ष समाचार

धेरै पढिएको