
काठमाडौं, नेपाली बजारमा बिहीवार सुनको मूल्य वृद्धि भएको छ । केहीदिनयता बढ्दो क्रममा रहेको छापावाल सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेको हो ।
आज सुनको मुल्य तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ ।







