
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।
सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







