
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मुल्य ९१ हजार १ सय रुपैयाँ कामय भएको छ । यसैगरी, आज चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।







