
काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा ९२ हजार ९०० रुपैयाँमा र तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै मंगलबार तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।







