
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजात २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







