January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

सुनको मुल्य एकैदिन २३०० रुपैयाँले घट्यो

  • 2
    Shares

काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार तीन सह रुपैयाँ घटेर छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरेहको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको