
काठमाडौं,नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
यसदिन छापावाला सुन आज ३०० रुपैयाँले वृद्धि भई ९६ हजार ७०० रुपैयाँ छ भने तेजाबी सुन ९६ हजार २०० मा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले उकालो लागेको छ । आज चाँदी प्रतितोला रु एक हजार ३४० मूल्य निर्धारण भएको छ ।







