शुक्रबार सुनको मुल्यमा वृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो । यसदिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोबार भएको छापावाला सुन आज भने तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो ।
आज चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ३०० मा कारोवार भएको छ ।
प्रतिकृया दिनुहोस्