
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मुल्य्य घटेको छ । बिहीवार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै बिहीवार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।







