March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

बिहिवार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले वृद्धि

  • 6
    Shares

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य  बढेको छ । बिहिवार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको थियो ।

यसदिन चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ ले वृद्धि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको