March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

सुनको मुल्य ९०० रुपैयाँले घट्यो

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधवार सुनको मुल्य रू. ९०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार ९०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार २६५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. ५० ले घटेको हो ।

शीर्ष समाचार

धेरै पढिएको