March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घट्यो

  • 2
    Shares

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलवार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो ।

यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार भैरहेको ।

शीर्ष समाचार

धेरै पढिएको