सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढ्यो

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । सोमवार छापावाला सुन प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।
यसदिन चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार चाँदी रु एक हजार २८० मा कारोवार भएको थियो ।
प्रतिकृया दिनुहोस्