March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

शुक्रबार पनि सुनको मुल्यमा वृद्धि

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । 

योसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भैरहेको छ । 
 

शीर्ष समाचार

धेरै पढिएको