लगातार घटेको सुनचाँदीको मूल्य बुधबार ह्वात्तै बढ्यो
- hamro_kantipur
- २०७७ पुष १

काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । यसअघि सोमबार र मंगलबार समान १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार एक्कसी ८ सय रुपैयाँले बढेको हो ।
आज ८ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैैैगरि तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ६५० रुपैयाँ रहेको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।
शीर्ष समाचार
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते र १५ हजार मानिस विस्थापित
- थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज
- नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि बेलायतमा सबै प्रकारका यात्रामा प्रतिबन्ध
- विश्व ब्याडमिन्टनको बरियतामा नेपालका खेलाडी प्रिन्सको छलाङ
- देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
प्रतिकृया दिनुहोस्