आज पनि सुनको मूल्यमा सामान्य गिरावट
- hamro_kantipur
- २०७७ मंसिर ३०

काठमाडौं, नेपाली बजारमा सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।
मंगलवार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८५० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने केहि दिन देखि नै स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्