सुनचाँदीको मुल्यमा समान्य गिरावट
- hamro_kantipur
- २०७७ मंसिर २९

काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको बिहीबारदेखि आइतबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो ।
शीर्ष समाचार
- माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
- राष्ट्रिय विकास समस्या समाधन समिति बैठक,समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
प्रतिकृया दिनुहोस्