
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बिहिबारदेखि नै स्थिर रहेको छ ।
बिहिबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा शुक्रबार, शनिबार र आइतबार पनि सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।







