
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।







