
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।







