
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ७ सय रुपैयाँले घटेको हो ।
मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन आज ९३ हजार ४०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९३ हजार ४०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ९५० कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले घट्दै १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







