January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

सुनको मुल्यमा सामान्य गिरावट

  • 1
    Share

काठमाडौं, आज नेपाली बजारमा सुनको मुल्यमा समान्य गिरावट आएको छ । सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्रि भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

महासंघका अनुसार चाँदीको मुल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको